प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल

वक्तित्वकला प्रतियोगितामा कास्कीका विजेताहरु पुरस्कृत

July 4, 2021

नेपाल ओलम्पिक डेका अवसरमा आयोजित प्रदेश स्तरिय मावि वक्तित्वकला प्रतियोगिता अन्तर्गत कास्कीका विजेताहरुलाई बुधबार एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । गत असार १० देखि १२ गते तिन दिन सम्म सञ्चालन भएको प्रतियोगीतामा कास्की जिल्लाका चार जना प्रतियोगीहरु विजयी भएका थिए । १० जिल्लाका १ सय ११ विद्यालयबाट सहभागी २ सय २४ मध्ये कास्कीका ४ जनाले चौथो, पाँचौ, छैटौ र नवौं स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा रत्न ज्योती मावीकी अमृता अधिकारी चौथो हुँदै नगद ५ हजारका साथमा प्रमाणपत्र तथा मेडल प्राप्त गर्न सफल भएकी थिइन भने गण्डकी वोर्डिङकी आस्तिका अधिकारी पाँचौ, एसओएस हर्मनकी समिक्षा अधिकारी छैटौं र फिसटेल एकेडेमीकी प्राप्ती लम्साल नवौं स्थान प्राप्त गर्दै जनही नगद २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा विजयी प्रतियोगीहरुलाई नगद तथा मेडल प्रदान गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले संघियताको मुल मर्मलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने–“संघिय, प्रदेश र स्थानिय तह संग समन्वय गर्दै एकअर्काको सहअस्तित्वलाई स्विकार गर्न सके मात्रै विकासको महाअभियानमा एकिकृत रुपमा अघि वढ्न सकिन्छ ।” उनले यस प्रकारका कार्यक्रमले यूवा जगतलाई खेलकुदको विचार प्रवाहित गर्न सहयोग पुग्ने बताए । सो अवसरमा वोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले खेलकुदलाई जिवनशैली बनाउन सके मात्रै सोचे जस्तै गरी खेलकुद विकास अघि बढ्ने बताए । खेलकुद मैदान भित्र खेलिने मात्रै नभई खेलाडीको जिवन संगै रचनात्मक सोचको परिवर्तन ल्याउन पनि सहयोग पुग्ने धारणा राखे । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्यहरु योगेन्द्र गुरुङ, योगेन्द्र शेरचन, विष्णुमाया गुरुङ, आकृती भण्डारी, शुभकन्या गुरुङ, प्रतियोगिताका संयोजक तथा क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका उपाध्यक्ष महेन्द्र गुरुङ, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार, नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य श्याम कुंवर, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले पोखरा रंगशालामा जुन २३ का अवसरमा आयोजित कार्यक्रमका प्रतियोगितामा सहभागी विद्यालय विभिन्न खेलको पदर्शन गर्ने खेलाडीहरुलाई नेपाल ओलम्पिकबाट प्राप्त प्रमाण पत्र वितरण गरेका थिए । कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको जिल्ला खेलकुदका सचिब भिम पराजुलीले समेत प्रतियोगिताको विविध पक्षबारे आफ्ना धारणा राखेका थिए । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” विषयक वक्तित्वकला प्रतियोगिता गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको सहयोगमा प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद कास्कीको संयूक्त आयोजना तथा स्पोर्टस फर अल कमिसन गण्डकी र नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा सम्पन्न भएको थियो । More at: https://pokharasports.com/2021/07/07/25448/

admin

Leave a Comment