प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल

प्रथम पटक प्रकाशित मितिः २०७९–२–१८

प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक वर्ष ०७८/०७९ को स्विकृत वार्षिक कार्यक्रममा समावेश भएको राष्ट्रिय तथा प्रदेशको गौरव अभिवृद्धि गराउने खेलाडीहरुलाई पुरस्कार, सम्मान कार्यक्रम अन्तर्गत तत्कालिन गण्डकी अञ्चल, पश्चिमाचल क्षेत्रिय खेलकुद विकास समिति र गण्डकी प्रदेशको प्रतिनिधित्व गरी विभिन्न खेलकुद प्रतियोगितामा भाग लिई प्रदेश र राष्ट्रको गौरव अभिवृद्धि गरेका पूर्व खेलाडीहरुलाई कदर पत्रद्वारा सम्मान गरिने तथा गण्डकी प्रदेश स्थायी ठेगाना भएका वर्ष २०७८ साल वैशाख १ गते देखि २०७८ चैत्र मसान्त सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक प्राप्त गरेका खेलाडीहरु एवं प्रतिभावान (Emerging) खेलाडीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिने कार्यक्रम रहेको हुँदा सम्बन्धित प्रदेश वा जिल्ला खेलसंघले सिफारिस सहित प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेश, पोखरा वा परिषदको ईमेल ठेगाना pscgandaki2021@gmail.com मा सम्पूर्ण कागजात सहित यो सुचना प्रकाशन भएको मितिले १० दिन भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारिका लागि यो सुचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीको लागि सम्पर्क
नं. ९८५६०२०६३५, ९८५८०२२७०७, ९८५६०२०२६५
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश
Email : pscgandaki42021@gmail.com

Leave a Comment